१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ स्वरुपको कोरोना संक्रमणले बेलायतमा मृत्युदर उच्च रहने


0
Shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा पहिलो पटक पहिचान गरिएको कोरोनाको नयाँ स्वरुपको भाइरसका कारण मृत्युदर उच्च हुने बताउनुभएको छ ।

उहाँले बेलायतमा प्रयोगमा आएका खोपको प्रभापकारीता भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर तीव्र रहेकाले मृत्युदर अझै बढ्नसक्ने चेतावनी दिनुभएको हो ।

कोरोनाको नयाँ स्वरुपको भाइसको संक्रमण पहिलो पटक लण्डनमा देखा परेको थियो । दुवै प्रकारका संक्रमणका लागि खोपहरु प्रभावकारी भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर उच्च रहेकाले सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ ।

नयाँ स्वरुपको भाइरसको संक्रमणपछि प्रति एक सयमध्ये १४ जनासम्मको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी