१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिमले लुम्बिनीलाई ६३ रनको लक्ष्य दियो


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ६३ रनको सामान्य लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे सुदूरपश्चिम २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे । कप्तान सन्तोष भट्टले ११ रन जोडे । तीन खेलाडी सुन्यमा आउट हुँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । यस्तै अनिल खरेल र बिक्रम भुसालले २–२ विकेट लिए ।

यस्तै, कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा विभागीय टोली एपीएफ र कर्णाली प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश भिडिरहेका छन् । एपीएफ र कर्णालीको खेल कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको छ ।

समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ ।