
बारा । बाराको अमलेखगञ्ज–पथलैया सडकखण्डमा बाघले आक्रमण गरि एक युवकलाई जंगलतिर लगेको छ ।
पहिचान खुल्न नसकेको ती युवकलाई बाघले आक्रमण गरी जंगलतिर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
घटनाबारे पर्सा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएपछि निकुञ्जले सेना र हात्तीसहितको टोलीद्धारा खोजी तीब्र पारिएको प्रमुख संरक्षण अधिकृत मनोज कुमार साहले बताउनुभयो ।
निकुञ्ज बिस्तारसंगै बाघको संख्या बढदै जाँदा आहाराको खोजीमा बासस्थानबाट निस्कने बाघले घरपालुवा जनावारलाई आक्रमण गर्दै आएपनि मानिसलाई नै आक्रमण गरेको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्