
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा जम्मा भएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै विरोध गरेका हुन् ।
विरोधमा उत्रिएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधसभा संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षडयन्त्र बन्द गर, प्रतिनिधिसभा मास्न पाइँदैन निरङ्कुश सरकार चाहिँदैन लगायतका नारा लेखिएको पोस्टर प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा बरिष्ठ पत्रकार नारायण वाग्ले, स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी लगायत पत्रकार, कानुनविद्, बुद्धिजिवीहरू सहभागी थिए । उनीहरूले ओली कदमको विरोध गर्दै सर्वोच्च अदालतले संविधान अनुसार नै निर्णय गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्