१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दुर्गम तामानखोलामा स्वास्थ्य सेवा सहज


0
Shares

बागलुङ । जिल्लाको दुर्गम तामानखोलावासीले स्वास्थ्य सेवा पाउन थालेका छन् । गाउँपालिकाले विभिन्न कार्यक्रम लागु गरी स्थानीयलाई घर घरमै स्वास्थ्य सेवा पुर्याउन थालेको हो ।

प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर स्वास्थ्य सेवालाई सहज बनाउने प्रयास भइरहेको छ । गाउँपालिकाका ३ स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, ३ स्थानमा सामुदायिक स्वास्थ्य इकाई र ३ स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको छ ।

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा धेरैको अकालमा मृत्यु समेत हुने गरेको थियो ।