
रसुवा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोडने रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सडक अनुगमनका क्रममा रसुवागढी पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले विगतमा सडक निर्माणको कामले गति लिन नसके पनि अहिले कामलाई तिब्रता दिएको बताउनुभयो । सरकारले यो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखेकाले समयमै काम सम्पन्न गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
अध्यक्ष तिमिल्सिनाले रसुवागढीमा निमार्णाधीन एकीकृत भन्सार कार्यालय, रसुवागढी जलविद्युत आयोजना तथा सुख्खा बन्दरगाह जस्ता निमार्णधीन आयोजनाहरूको कामले पनि गति लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्