६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मन्त्री तामाङलाई रुख ढालेर गृह जिल्लामा अवरोध


0
Shares

सिन्धुपाल्चोक । प्रतिनिधिसभा विघटनपछि ओली समूहमा प्रवेश गरेर मन्त्री पद पाएका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोकमा अवरोध गरिएको छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउनुभएका तामाङलाई बीच बाटोमै अवरोध गरिएको हो । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाएका हुन् ।

तामाङ ऐसेलुखर्कमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नै कार्यक्रम रहेको थियो । पूर्वमाओवादी नेता तामाङ पार्टी विभाजनका क्रममा ओली समूहमा प्रवेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारी दिनुभएको थियो ।