२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा– नेता पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताउनु भएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनु भएको हो ।

नेकपाको दाहाल–नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद चलिरहेकै बेला नेता पौडेलले प्रस्तावको पक्षमा उभिने बताउनुभएको हो ।

नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने भन्दै केन्द्रमा छायाँ सरकार बनाएको र प्रदेश–१ मा पनि प्रतिपक्षी नै भएकाले सत्ताको खिलापमा उभिने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको नाममा अस्थिरता ल्याउन खोजेको जिरिक गर्दै अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।