
बैतडी । महाकाली राजमार्गमा अन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा मिनीट्रकमा आगजनी भएको छ ।
गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलंगातर्फ गइरहेको सुपप्र्र ००१ क १५४८ नम्बरको मालबाहक मिनीट्रकमा आगजनी गरिएको हो । शनिबार दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक पोइन्टमा इन्ट्री नै नगराएर गएको मिनीट्रकमा आगजनी भएको हो ।
ट्रकमा आफैँ आगलागी भयो कि कसैले आगजनी गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रकको साहु र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्