१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साताको शेयरः बैकिङ समूहका उपसुचक ओरालो


0
Shares

काठमाडौं । पछिल्लो समय निरन्तर बढ्ने क्रममा रहेको सेयर बजारले यो साता पनि निरन्तरता पाएको छ । यस साता बजार परिसूचक नेप्से ८८.०९ अंक बढ्दा हालसम्मकै उच्च विन्दु २३ सय ७४ बिन्दु पुगेको छ ।

बजार परिसूचकमा वृद्धिसँगै धितोपत्र सेयर बजारको बजार पुँजीकरण पनि एक खर्बमाथिले बढेको छ । गत साता ३० खर्ब ७९ अर्ब ९४ करोड रहेको बजार पुँजीकरण १ खर्ब १८ करोडले वृद्धि भई ३१ खर्ब ९८ अर्ब ३२ करोड पुगेको छ ।

यस साता बजार परिसूचक निरन्तर उकालो लागे पनि बैंकिङ उपसूचक भने घटेको छ । योबाहेकका सबै उपसूचक समुह भने उकालो लागेको छ । हाल ६ कम्पनीको बजार पुँजीकरण १ खर्बभन्दा माथि रहेको छ ।

साताभरमा नेपाल दुरसञ्चार प्राधिकरणको बजार पुँजीकरण सबैभन्दा बढी २ खर्ब १ करोड पुग्दा नेपाल लाइफ इन्सोरेन्स पच्छ्याउन पुग्यो । यस्तै साताभर नेपाल लाइफ इन्सोरेन्सको सबैभन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।