
सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गएराति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्