
काठमाडौं । व्यवसायमा लगातार नोक्सान र जागिरमा विभिन्न वाधा अड्चन या समस्या देखापरेको छ ? देखापरेको भए यी उपाय अपनाउन सकिन्छ ।
मिलमा गहुँ पिस्ने बेला तुलसीको सुकेको पात गहुँमा हालिदिने । एउटा रातो थैलीमा केशरका दुईवटा पात र गहुँ राखेर मन्दिरमा चढाउने र त्यो पिस्न राखेको गहुँमा मिसाउने । यसो गर्दा धनको प्राप्ति हुन्छ र लक्ष्मीको बास हुन्छ । ध्यान होस् की आटा सोमबार र शनिबार मात्रै पिस्नुपर्छ ।
जो व्यक्तिको लाखौ प्रयास गर्नेका बावजुद पनि घर बन्न सकेको छैन् भने उसले प्रत्येक शुक्रबार नियमित कोही भोका मानिसलाई खाना खुवाउनुपर्छ र आइतबार गाईको घिउ खुवाउनुपर्छ । यस्तो नियमित गरेमा अचल सम्पति बन्ने र पैतृक सम्पति प्राप्त गर्न सकिन्छ । यदि सम्भव छ भने बिहान नुहाइधुवाइ गरेर “ॐ पद्मावती पद्म कुशी वज्रवज्रांपुशी प्रतिब भवंति भवंति” मन्त्र जप गर्न सकिन्छ ।
शनिबार पिपलको पात ल्याएर धुप बती गरेपछि आफ्नो पसलको आफू बस्ने काठको मुनि राख्ने । सात शनिबारसम्म लगातार यस्तो गर्ने । काठमा सात वटा पात भएपपिछ त्यसलाई तलाउ वा कुवामा लगेर बगाइदिने । यसपछि व्यवसाय राम्रो हुनेछ ।
कोहीलाई आफ्नो पैसा सापटी दिएको छ र त्यो फिर्ता भएन भने एउटा सेतो कपडालाई २१ वटा टुक्रा बनाएर सापटी लाने व्यक्तिको घरको ढोकामा राखिदिने । यस्तो नियमित ४३ पटकसम्म गर्ने यसपछि तपाईको गुमेको धन या सापटी दिएको पैसा फिर्ता आउनेछ ।
प्रतिक्रिया दिनुहोस्