
काठमाडौं । प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज समुह ‘बि’ का दुई खेल हुदेछन् । मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दैछ ।
समुह ‘बि’ मा ३ खेलबाट ६ अंक जोडेको बागमती शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा ऊ समुह विजेताको रुपमा सेमीफाईनलमा पुग्नेछ । ३ खेलबाट ४ अंक जोडेको लुम्बिनीलाई भने सेमीफाइनलमा स्थान पक्का गर्न आज ठूलो अन्तरले जित्नुपर्ने दबाब छ ।
आजै कीर्तिपुर मैदानमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशसँगै खेल्दैछ । यी दुबै टोली समुह चरणबाटै बाहिरिने निश्चित भइसकेकोले आजको खेल प्रतिष्ठाको लडाईं मात्रै बनेको छ ।
उता समुह ‘ए’ बाट सशष्त्र प्रहरीको एपीएफ टिम र त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा पुगेका छन् । समुह विजेताको टुंगो भने भोलि हुने यही दुई टोली बीचको भिडन्तबाट लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्