२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


करिम बेन्जमाको गोलले रियाल विजयी


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले आलाभेजलाई ४–१ ले हराएको छ । आलाभेजको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गर्दा क्यासेमिरो र इडन हाजार्डले एक एक गोल थपे ।

आलाभेजका लागि होजे माटोले एक गोल फर्काए । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिको मड्रिसँगको दुरी ४ अंकमा सिमित गरेको छ । १७ खेलबाट एथ्लेटिकोको ४४ अंक छ भने दुई खेल बढी खेलेको रियाल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा रहेको छ । ३६ अंकसहित सेभिया तेस्रो स्थानमा रहँदा चौथो स्थानको बार्सिलोनाको ३४ अंक छ । एजेन्सी