
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।
यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधिएकोेमा उहाँले त्यसको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको बताइएको छ ।
यसबारे सो समुहको आज बस्ने स्थायी कमिटि बैठकले निर्णय गर्ने सम्भावना रहेको छ । यसअघि दाहाल–नेपाल समुहले ओलीलाई अध्यक्षबाट हटाएर उहाँको स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।
प्रतिनिधिसभा विघटन पछि नेकपा दुई समुहमा विभाजित भएको छ । सडक संघर्षमा रहेको दाहाल–नेपाल समुह प्रतिनिधि सभा पूनःस्थापनाको पक्षमा छ भने ओली समुह विघटनको बचाउमा छ ।
प्रतिक्रिया दिनुहोस्