
काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्ड आज सातै प्रदेशमा पुग्दैछ । भारतले अनुदानमा दिएको कोभ्याक्सिन खोप हिजोबाट प्रदेशहरुमा पठाउन शुरु गरिएको हो ।
प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका खोप वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ ।
मन्त्रालयले खोप व्यवस्थापनका लागि सात वटै प्रदेशको संयोजक समेत तोकेको छ । खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोरोनाको सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।
भारतले अनुदानमा उपलब्ध गराएको १० लाख कोभ्याक्सिन गत विहिबार नेपाल ल्याइएको हो । दुई मात्रामा दिइने कोरोनाको खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।
माघ १४ गतेबाट सात प्रदेश र ७७ जिल्लामा गरी करीब तीन सय अस्पतालबाट खोप लगाइने तयारी छ । उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्