१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँदे वर्षा नहुँदा सोलुखुम्बुका अलैँची कृषक चिन्तामा


13
Shares

सोलुखुम्बु । यस बर्ष हिउँदे बर्षा नहुँदा सोलुखुम्बुका अलैँची कृषक चिन्तित बनेका छन् । अलैँचीमा हिउँदे सिचाई अनिवार्य भएपनि सिंचाई नभएका क्षेत्रमा समयमा हिउँदे बर्षा नहुँदा समस्या भएको कृषकहरुको गुनासो छ ।

अलँैची कृषकहरुले अहिले खोल्सा तथा कुवाको पानीबाट अलैँचीमा सिचाई गर्न थालेपनि त्यो पर्याप्त नहुने चौलाखर्कका कृषक दिनेश बस्नेतले बताउनुभयो । आकाशे पानी ढिलो पर्दा आगामी बर्ष अलैँची उत्पादनमा गिरावट आउन सक्ने उन्को भनाई छ ।

कृषकहरुले कुलो तथा पाईपको माध्यमबाट सिचाई गरिरहेका छन् भने कतिपय कृषकहरु आकशे पानीको पर्खाईमा रहेका छन् । अलैँचीलाई मङ्सिरमा भएको वर्षाले फाईदा पु¥याउने भएपनि यस बर्षको माग पहिलो साता बितिसक्दा पनि वर्षा हुन सकेको छैन् ।

लिखुपिके क्षेत्रका कृषकहरुले विगत २० बर्षदेखि धान खेत मासेर मुख्यबालीका रुपमा अलैँची खेती गर्दै आएका छन् । पछिल्लो समय रोग र मूल्य नियमित ओरालो लागेकाले चिन्तित बनेका कृषकहरु यस बर्ष समयमा हिउँदे बर्षा समेत नहुँदा थप मर्कामा परेको कृषकहरुको भनाई छ ।

जिल्लाको लिखुपिके, महाकुलुङ, थुलुङ दूधकोशी र सोताङ गाउँपालिकाको क्षेत्रमा अलैँची खेती गरिदै आएको छ ।