
काठमाडौं । लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले विजयी गराउन ब्रुनो फर्नान्डेजले फ्रि–किकमार्फत निर्णायक गोल गरे ।
यसअघि लिभरपुलका मोहोमद सलाहले दुई गोल गरेका थिए भने म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरेका थिए । जितसँगै म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेड विरुद्धको पाँचो चरणको भिडन्त तय ग¥यो ।
एफए कपकै अर्को खेलमा चेल्सीले लुटन टाउनलाई ३–१ ले हराउँदा लेष्टर सिटीले ब्रेन्टफोर्डमाथि ३–१ कै जित निकाल्यो । यसैगरी शेफिल्ड वेनस्डेलाई ३–० ले हराउँदै एभर्टन तथा फुल्हमलाई ३–० ले हराउँदै बर्न्ले पनि एफए कपको पाँचौ चरणमा उक्लिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्