
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले भोली बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले नयाँ जनमतमा जानु स्वभाविक भएको भन्दै निर्वाचनमै जानुपर्ने धारणा अघि सारेपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै पार्टीले त्यसको विरोध गर्नुपर्ने पौडेल पक्षको माग छ ।
पार्टीको अस्थित्व जोगाउनकै लागि भएपनि काँग्रेसले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्नुपर्ने अडान राख्दै आएको छ । बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न काँग्रेसले भोली केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठकमा आफ्नो तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल गर्न नेता पौडेलले आज आफू निकट नेताहरुलाई बैठकमा बोलाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्