१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा क्षेत्र जान पीसीआर रिपोर्ट नचाहिने


0
Shares

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकलाई अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्टको नियम हटाएको छ ।

लुक्ला हुँदै सगरमाथा क्षेत्र जाने पर्यटकलाई पीसीआरको रिपोर्ट नचाहिने भएको हो ।

गाउँपालिकाले भदौ १० मा सूचना जारी गर्दै सगरमाथालगायत खुम्बु क्षेत्रका हिमाल आरोहण, पदयात्रासहितका पर्यटकीय गतिविधिमा संलग्न हुन पीसीआर नेगेटिभ भएको रिपोर्ट चाहिने निर्णय गरेको थियो ।