२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ


0
Shares

काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि हुने चान्स निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ ।

राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण गराउँदा ३१ पटक कोरोना पोजेटिभ पाइएको हो । यो डाक्टरका लागि समेत एक चुनौती बनेको छ ।

महिला जहाँ बस्छिन त्यहाँका अधिकारीले समेत बताएका छन्, १७ पटक पीसीआर परीक्षण र १४ पटक र्‍यापिड एन्टिजोन परीक्षण गर्दा पनि महिलामा कोरोना पोजेटिभ देखिएको छ । महिलाको पहिलो परीक्षण ६ सेप्टेम्बर र पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको छ । हरेक पटकको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुसमेत हैरान र भ्रमित भएका छन् ।

शारदा देवी पछिल्लो साल अगस्टदेखि भरतपुरको एक आश्रममा बसिरहेकी छिन् । आश्रममा नयाँ आएको भन्दै सेप्टेम्बरमा उनमा कोरोना पोजेटिभ परीक्षण गरिएको थियो । जसमा उनमा कोरोना पोजेटिभ देखियो । त्यो बेलादेखि उनी कवारेन्टाइन्मा बसिरहेकी छिन् ।

उनलाई होमियोप्याथिक, एलोप्याथिक र आर्युवेद तीनै प्रकारका औषधि दिइराखिएको छ । तर पनि उनको परीक्षण गर्दा हरेक पटक कोरोना पोजेटिभ देखिएको छ । डाक्टर बीएम भारद्धाजका अनुसार कोरोना पोजेटिभ देखिएपनि उनी स्वस्थ छिन् र उनको ७ ८ किलो तौल समेत बढेको छ ।

जब शारदा देवी आश्रममा आएकी थिइन् उनी धेरै कमजोर थिइन र ठिक ढंगले उभिन पनि नसक्ने अवस्थामा थिइन् । एजेन्सी