
काठमाडौं । चीनमा विगत दुई हप्तादेखि सुनखानीमा फसेका ११ जना कामदारलाई सकुशल उद्धार गरिएको छ । सयौं मिटर तल फसेका २२ कामदारमध्ये ११ जनालाई हिजो सकुशल बाहिर निकालिएको हो ।
अन्य १० जनाको अवस्थाबारे थाहा हुन सकेको छैन । घटनामा परि कम्तिमा १ जनाको मृत्यु भएको पुष्टी भएको छ । पुरिएका अन्य १० जना कुन ठाउँमा छन् भनेर पत्ता लगाउने प्रयास जारी छ ।
चीनको सान्दोङ प्रान्तको हुशान सुन खानीको प्रवेश मार्गको टनेलमा गत जनवरी १० तारिखमा विष्फोट हुँदा २२ कामदार भित्रै फसेका थिए । ति मध्ये ११ जनालाई १४ दिनपछि हिजो उद्धार गरिएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्