१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोगको फैसलाले दाहाल- नेपाल समूह आक्रोशित, पत्रकार सम्मेलन गर्ने


0
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ । आज पत्रकार सम्मेलन गरेर दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

निर्वाचन आयोगले समेत बहुमत हुँदाहुँदै पनि आधिकारिक नेकपाको मान्यता नदिएपछि आक्रोशित बनेको दाहाल–नेपाल समूह सडक आन्दोलन थप चर्काउने निर्णय गरेको छ । यसअघि हिजो सो समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल नेपाल समूह विभाजन भएर सडक संघर्षमा आएको हो । यसक्रममा माइतीघरमा धर्ना बस्नेदेखि काठमाडौँमै शक्ति प्रदर्शनसम्मका कार्यक्रम दाहाल–नेपाल समूहले गरेका छन् ।