
बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप १० वटा केन्द्रबाट बितरण गरिने भएको छ ।्
माघ १४ गतेदेखि प्रदेशका १६ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म प्रदेशका सबै जिल्लामा उक्त खोप लगाउने तयारी गरिएको सुदरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो ।
संघीय सरकारले सुदूरपश्चिमका १६ हजार २ सय ९३ जनालाई लगाउन कोरोनाको खोप पठाएको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका चिकित्सक, सरसफाईकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूलाई दिइने छ ।
खोप लगाउन तथ्यांक संकलन गरिएको भए पनि स्वेच्छिक बाहेक कसैलाई पनि बाध्यकारी नगरिने निर्देशक अवस्थीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्