६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका पहाडीसहित २६ जना पक्राउ


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको प्रदर्शनमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरूपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरूले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शन गरेको थियो ।