१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्यायाधीशविरुद्ध बोल्दा समाचार च्यानल बन्द, १० लाख रुपैयाँ जरिवाना


0
Shares

एजेन्सी । पाकिस्तानको एक समाचार च्यानलका ‘बोल टिभी’ पत्रकारले त्यहाँको न्यायाधीशविरुद्ध बोल्नु च्यानलको लागि महंगो पर्न गएको छ ।

अदालतको अवमूल्यन र न्यायाधीशको अपमानको आरोपमा च्यानललाई ३० दिन बन्द गर्ने आदेश दिइएको छ । यो कारबाही पाकिस्तानको मिडिया निगरानी संस्थाको मुद्दामा गरिएको हो । पाकिस्तानी समाचार डन न्यूजका अनुसार च्यानललाई ३० दिनको लागि बन्द गर्ने आदेश दिँदै अदालतले १० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

बोल टिभीका प्रस्तोता सामी इब्राहिमले १३ जनवरीमा लाहोर उच्च अदालतका न्यायाधीशहरूको नियुक्तीको सम्बन्धमा कार्यक्रम बनाएका थिए । उनले कार्यक्रममा अपमानजनक भाषा बोलेका थिए । पाकिस्तानको मिडिया निगरानी संस्थाले च्यानलसँग माफी माग्नको लागि आग्रह गरिएको थियो ।

तर, च्यानल आफ्नो भनाइमा आफू अडिग रहेको बताउँदै आएको छ । उल्टै च्यानलले संस्थासँग कोर्टको नोटिस फिर्ता लिन माग गरेको थियो । त्यसपछि च्यानलले संस्था र अदालतमाथि अपमानजनक शब्द बोलेको भन्दै कारबाही अघि बढाएको हो ।

बोल टिभीमा कार्यक्रम प्रस्तोता पहिल्यैदेखि विवादित छविको प्रस्तोता हुन् । यसअघि पनि एक समारोहमा उपस्थित विज्ञान मन्त्री फवाद चौधरीमाथि प्रधानमन्त्री इमरान खानविरुद्ध षडयन्त्र रचेको आरोप लगाएपछि मन्त्रीले उनलाई थप्पड हानेका थिए ।