
काठमाडौं । एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ । लण्डन क्लब टोटनह्यामले वाइकोम्बी वान्डरर्सलाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो ।
टोटनह्यामलाई फराकिलो गोल अन्तरमा विजयी गराउन दोम्बेलेले दुई गोल गर्दा ग्यारेथ बेल र ह्यारी विङ्कसले एक एक गोल गरे । पराजित टोली वाइकोम्बीका फ्रेड ओनेदिम्बाले पहिलो गोल गरेका थिए ।
जितसँगै टोटनह्याम हट्सपर एफए कप फुटबलको पाँचौ चरणमा उक्लिएको छ । पाँचौ चरणको खेलमा टोटनह्यामले प्रिमियरसिप प्रतिद्धन्दी एभर्टनको सामना गर्नेछ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्