
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा सिटी जुलुस गर्दैछ । दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।
संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्ने दाहाल–नेपाल समूहका युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
संघर्ष समितिका अनुसार सो समूहले भोलि बुधबारदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिनेछन् । दाहाल–नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले पुस १४ गतेदेखि निरन्तर सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्