१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै, दिल्लीको राजपथमा विशेष परेड आयोजना


0
Shares

काठमाडौं । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ । यसै अवसरमा राजधानी नयाँ दिल्लीको राजपथमा विशेष परेड आयोजना गरिँदैछ । विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण कार्यक्रमको आकार घटाइएको छ ।

यसअघि गणतन्त्र दिवसमा कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यो वर्ष कसैलाई पनि निम्त्याइएको छैन । परेडमा यसपटक २५ हजार मानिसमात्र सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइने छैन ।

गणतन्त्र दिवसको लागि भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । केही दिन अघिमात्रै भारतका विभिन्न शहरमा आतंकवादी हमला हुनसक्ने गोप्य सूचनाको आधारमा सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको थियो ।

संभावित घटना रोक्न हरेक प्रदेशका राजधानीमा विशेष सतर्कता अपनाईएको छ । यसैबीच दिवसकै अवसरमा आयोजना हुने परेडलगत्तै किसानहरुले विवादास्पद तीन वटा कृषि कानुनको विरोधमा ट्याक्टर र्‍यालीको आयोजना गर्ने भएका छन् । एजेन्सी