
काठमाडौं । हिउँद याममा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी किर्तीमान बनाएका नेपाली पर्वतारोहण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
१० जना नेपाली पर्वतारोही टिमले विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । उनीहरुले यही माघ ३ गते हिमालको सफल आरोहण गरेका थिए ।
उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । केटु हिमाल अहिलेसम्म हिउँदयाममा कसैलेपनि आरोहण गर्न सकेका थिएनन् ।
पाकिस्तान र चीनको सीमामा रहेको यो हिमाल काराकोरम पर्वत श्रृंखलामा पर्दछ । यो हिमाल सर्वोच्च शिखर सगरमाथाभन्दा २३७ दशमलव ८ मिटर कम उचाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्