२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोभिड विरुद्धको खोप स्याङ्जा आइपुग्यो


0
Shares

स्याङ्जा । कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ ।

भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो ।

भारत सरकारले उपलब्ध गराएको भ्याक्सिन सरकारले जिल्ला जिल्लामा पठाउँन सुरु गरेको छ ।

नेपाल सरकारले जिल्लाको लागि पाठाएको १ सय ७१ भायल १७ सय १० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन जिल्ला अधिकार उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी,सरसफाइकर्मी, एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारिहरुलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।