१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुर सिमेन्टले नियमित उत्पादन थाल्यो


0
Shares

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगबाट नियमित रुपमा सिमेन्ट उत्पादन हुन थालेको छ ।
कोरोना भाइरसको कारणले भएको लकडाउनले गदाई कच्चा पदार्थ उपलब्ध नहुँदा कहिले काँही मात्र उत्पादन हुँदै आएको सिमेन्ट पुन नियमित रुपमा उत्पादन हुँन थालेको हो ।

उत्पादन क्षमतालाई तत्काल बढाउन लाई नियमित उत्पादनमा जोड दिएको उद्योगले जनाएको छ ।

उत्पादन क्षमतालाई दैनिक १२ सय टन पुर्‍याउने कम्पनीको योजना रहेको छ । उद्योगको उत्पादनसहित बिक्रीको काम पनि भइरहेको छ ।

हाल कारखानाबाट दैनिक ८ हजार बोरो सिमेन्ट बिक्री हुँदै आएको छ । उद्योगले कर्मचारीका समस्या, स्कीमको व्यवस्थापन, पारीश्रमिक तथा व्यवस्थापनका विषयहरुलाई पनि अगाडी बढाएको जनाएको छ ।