
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा गम्भीर राजनीतिक धक्का लागेको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर खम्बसिंह कुवँर (काजी बा) लाई श्रद्धान्जली दिन चितवन पुग्नु भएका दाहालले अहिले नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनमा पनि ऐतिहासिक मोड आएको बताउनुभयो ।
देशको राजनीतिमा दुर्घटना भएको बताउँदै नेता दाहालले नेपालको कम्युनिष्ट आन्दोलन र नेपालको लोकतान्त्रिक आन्दोलनकै घातक प्रवृति, प्रतिगमनकारी प्रवृति, प्रतिक्रान्ति प्रवृति हावी भएको भन्दै यसका विरुद्ध काजी बा कै प्रेरणाले थप शक्तिका साथ लड्न आवश्यक भएको बताउनुभयो ।
कुवँरको मंगलबार बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । ९५ वर्षीय काजी बा विगत लामो समयदेखि रक्तचाप र मधुमेह लगायतका दीर्घरोगबाट पीडित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्