
रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गर्न सभापति शेरबहादुर देउवालाई दबाव दिएका छन् ।
पार्टी कार्यालय सानेपामा शेरबहादुर देउवा र रामचन्द्र पौडेले पक्षले आ–आफ्नो अनौपचारिक छलफल सकिएपछि वरिष्ठ नेता पौडेल र महामन्त्री सशांक कोइरालाले सभापति देउवालाई आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्ने दबाव दिएका हुन् ।
अहिले महामन्त्री कोइराला, सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भइरहेको छ । केन्द्रीय कार्यसमिति बैठक अहिलेसम्म बस्न सकेको छैन । तीन तेताको छलफल लगत्तै केन्द्रीय कार्यसमिति बैठक बस्ने बताइएको छ ।
यसअघि पनि दुवै समूहले आफ्ना भनाइ राख्नका लागि आन्तरिक छलफल गरेका थिए । सभापति देउवा आन्दोलनको विपक्षमा रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सर्वोेच्चको आदेश नआउनेबेलासम्म आन्दोलनलाई निरन्तरता दिनुपर्ने पक्षमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्