
काठमाडौं । कोभिडका कारण लामो समयदेखि बन्द रहेको वैदेशिक रोजगारी व्यवसाय सामान्य अवस्थामा फर्कन थालेको छ । यो सँगै मेनपावर व्यवसायीहरूले गैरकानूनी ढङ्गबाट नेपाली कामदार विदेश पठाउने क्रम पनि बढ्रदै गएको छ ।
गैरकानुनी रूपमा विदेश पठाउनेहरू बढ्दै गएपछि वैदेशिक रोजगार विभागले अनुमगनलाई तीब्रता दिएको छ । अनुगमनका क्रममा केही कम्पनी निलम्बित भएका छन् भने केही माथि अनुसन्धान भइरहेको छ । विभागले अनुगमन र कारबाही बढाएसँगै म्यानपावर व्यवसायीले सरकारी असहयोग र समन्वय अभावका कारण यस क्षेत्रमा समस्या परेको तर्क गर्न थालेका छन् ।
मंगलबार व्यवसायीहरूले वैदेशिक रोजगार कार्यालय ताहचल पुगेर सरकारी अधिकारीहरूको ध्यानाकर्षण गराएका छन् । मन्त्रालय, विभाग, र श्रम कार्यालयबीच समन्वय हुन नसक्दा व्यसायीहरूलाई अप्ठेरो परेको उनीहरूको गुनासो छ । सबै कुरा अनलाइनबाट हुने व्यवस्था गरिए पनि श्रमिकले अझै समस्या भोग्न परिरहेको बताउँदै व्यवसायीहरूले कार्यालय प्रमुखको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्