
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिन विरोध कार्यक्रम गर्ने भएको छ ।
मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट र २७ गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । अहिले केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।
प्रतिक्रिया दिनुहोस्