१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र वालिङ बराबरीमा रोकिए


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब स्याङ्जाको वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ दुबै टोलीले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने वालिङले बनाएको थियो ।

विदेशी खेलाडी मिथो रुथले ५३ औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् ।

खेलमा वालिङकी अमिशा कार्की प्लेयर अफ दि म्याच बनिन् । बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस तेस्रो स्थानमा रहेको छ ।