१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय महिला लिगमा एपिएफको लगातार तेस्रो जित, आर्मी २ गोल पराजित


0
Shares

काठमाडौं । विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अर्को विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ)ले राष्ट्रिय महिला लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन २७ औं मिनेटमा अन्जली कुमारी योन्जन र पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले एक–एक गोल गरे ।

एपीएफकी अनिता केसी प्लेयर अफ दि म्याच घोषित भईन् । जितसँगै ३ खेलबाट ९ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थान छ ।

पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको एपीएफले दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेका थियो ।

आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७–० ले हराएको थियो ।आर्मी ३ खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।