१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालले कतारमा टी–२० सिरिज खेल्ने, १ फ्रेबुअरीदेखि बन्द प्रशिक्षण


0
Shares

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमले कतारमा हुन लागेको बाइल्याट्रल टी–२० सिरिज खेल्ने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले कतार क्रिकेट एसोसियसनले गरेको निमन्त्रणा स्वीकार्दै सिरिजमा सहभागी हुने निर्णय गरेकाे हाे ।

प्रतियोगिता फेब्रुअरी ९ देखि १२ अर्थात फागुन २५ देखि २८ गतेसम्म हुनेछ । ७ फेब्रुअरीमा कतार जाने नेपाली राष्ट्रिय टोलीले प्रतियोगितामा तीन खेल खेल्नेछ । त्यसका लागि राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सञ्चालन हुनेछ ।