
फाइल तस्विर
काठमाडौं । जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन् । हिजो साँझ भएको आगलागीमा दुई दर्जन पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
क्षतिको अन्य विवरण भने आउन बाँकी छ । आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ५० किलोमिटर टाढा रहेको छ । अझै पनि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख काफ्लेले बताउनुभयो । जाडोमा कारण पानी जमेको र पानीको स्रोत पनि एकदमै कम भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको उहाँले जानकारी दिनुभयो । सुधारिएको चुलोको पाइपबाट छतमा आगो सल्केपछि आगलागी भएको हो ।
प्रतिक्रिया दिनुहोस्