
काठमाडौ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १५ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तरसम्म कुल बजेटको १५ दशमलव ३२ प्रतिशत खर्च भएको गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको ३४ अर्ब ४१ करोड १९ लाख ७२ हजार कुल बजेट मध्य ५ अर्ब २७ करोड ६ लाख ५१ हजार २ सय २७ रुपैयाँ खर्च भएको छ । प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरुमध्ये ६ महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको २ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयको २२ र स्थानीय तहमा ३३ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको २१ दशमलव ६७ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले ११ दशमलव ९४ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १७ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्