
पोखरा । गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाले नेकपा आधिकारिक रूपमा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित रहेको बताउनुभएको छ ।
नेकपा फुटेपछि मात्रै कांग्रेसले गण्डकीमा प्रदेश सरकार पुनर्गठनका लागि धारणा बनाउने भन्दै उहाँले तबसम्म कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले जनताले ५ वर्षका लागि म्यान्डेट दिए पनि नेकपा असफल भएको टिप्पणी गर्नुभयो ।
सरकार बन्न नसक्ने अवस्था आएमा कांग्रेसले सरकार बनाउने तर अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस नरहेको सांसद थापाले प्रष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्