
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने बताउनुभएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले बजेटको विनियोजन नभएसम्म रुख काट्न स्वीकृति नदिने बताउनुभयो । जथाभावी हुन नदिने बताउँदै उहाँले विमानस्थलको रनवे बन्ने ठाउँमा मात्रै रुख कटानको अनुमति दिने स्पस्ट पार्नुभयो ।
यस्तै पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको पनि जानकारी दिनुभयो । अवैध रूपमा रुख कटान हुने अवस्थालाई रोक्न कार्यविधि खारेज गरिएको उहाँको दाबी छ ।
कार्यविधि खारेज भएसँगै काठ–दाउराको सम्बन्धमा प्रदेश वन निर्देशनालय मार्फत अनुगमन गरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाइ कारबाही हुनेछ ,
प्रतिक्रिया दिनुहोस्