
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई शेफिल्ड युनाईटेडले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडकै मैदानमा भएको खेलमा पाहुना टोली शेफिल्ड २–१ ले विजयी भयो ।
लिग तालिकाको पुछारमा रहेको शेफिल्डसँग पराजित भएपछि म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । खेलमा शेफिल्डलाई विजयी गराउन किन ब्रायन र ओलिभर बुर्केले एक एक गोल गरे ।
म्यानयूका लागि ह्यारी म्याग्वेरले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा चेल्सीलाई वुल्भरह्याम्पटन वान्डरर्सले गोलरहित बराबरीमा रोकेको छ । फ्राङ्क लाम्पार्ड बर्खास्त गरिएपछि नयाँ प्रशिक्षकको जिम्मेवारी समालेका थोमस टुकेल पहिलो खेलमा जित निकाल्न असफल भएका हुन् ।
गएराति लेष्टर सिटी र एभर्टनले १–१ गोलको बराबरी खेल्दा बर्न्लेले एस्टन भिल्लामाथि ३–२ को जित निकालेको छ । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४१ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।
एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४० अंकसहित दोस्रो स्थानमा रहँदा ३९ अंक जोडेको लेष्टर सिटी तेस्रो तथा ३५ अंक जोडेको वेष्ट ह्याम युनाईटेड चौथो स्थानमा रहेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्