१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उखु किसानको लाखौं भुक्तानी नदिने चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ


0
Shares

काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ ।

अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असुल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो ।

यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा उनलाई पक्राउ गरीएको थियोे । अग्रवाललाई प्रहरीले आज सर्लाही पठाउने जनाएको छ ।