७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शक्तिका लागि दाहालले भैसी पूजा गरे तर प्रधानमन्त्रीले पशुपतिनाथको: सूर्य थापा


0
Shares

NCP surya thapa kp oli prachanda

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको आरोप लगाउनु भएको छ ।

भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने थापाले उल्लेख गर्नुभयो ।

बिहीबार सामाजिक सञ्जालमा दुई अध्यक्षको फोटो जोडेर लेख्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र मानव कल्याणको लागि पशुपतिनाथमा पूजा गरेको बचाउ गर्दै अर्का अध्यक्ष दाहाललाई व्यङ्य गर्नुभएको हो ।

उहाँले दाहाल र ओलीको पशुपतिनाथमा गएको र भैंसी पूजा गरिरहेको फोटोे जोडेर हाल्नु भएको छ । उहाँले दुई जनाको फोटो हालेर दुईबीच फरक देखाउन खोजेको देखिन्छ ।

प्रधानमन्त्रीले देशलाई अस्थिरतामा कोचेर पशुपतिनाथको चरणमा गएको भन्दै सर्वत्र आलोचना भएको थियो । प्रधानमन्त्री हुँदासमेत ईश्वरको नाममा सपथ नखाएका ओली एक्कासि पशुपतिनाथ पुग्दा सबै आश्चर्यम परेका थिए ।

उहाँले प्रधानमन्त्रीको प्रशंसा गर्दै लेख्नुभएको छ, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’ प्रधानमन्त्रीले माघ १२ गते पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नु भएको थियो ।

तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै दाहालको आलोचना भएको थियो। त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए।