४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


६ महिनामा वीरगन्ज नाकाबाट ४८ अर्बको पेट्रोलियम पदार्थ भित्रियो


0
Shares

काठमाडौं । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनामा करीब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ ।

साउनदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका अनुसार ६ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यसमध्ये २३ अर्ब रुपैयाँभन्दा बढीको डिजेल आयात भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा डिजेल आयात ३ प्रतिशतले बढेको भन्सारको तथ्यांकमा रहेको छ ।

कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण सुरूका केही महिना डिजेल आयात घटेकोमा असोज महिनादेखि आयात क्रमशः बढ्न थालेको भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको करीब आधा परीमाण वीरगञ्ज नाकाबाटै भित्रिन्छ ।