
काठमाडौं । बलिवुड अभिनेता अर्जुन कपुरसँग प्रेम र विवाहका खबरका कारण सधै चर्चामा आउने बलिवुड अभिनेत्री मलाइका अरुडा फेरि चर्चामा आएकी छिन् ।
यो पटक विवाह र प्रेमका कारण भन्दा पनि अरु नै विषयले उनको चर्चा चुलिएको हो । मलाइका आफ्नो स्वास्थ्य प्रति निकै सजग छिन् र उनी फिटनेशमा बढी ध्यान दिन्छिन् ।
अक्सर उनी जिम जाँदा र आउँदाका फोटोहरु सामाजिक सञ्जालमा सेयर पनि गरिरहेकी हुन्छिन् । यो पटक उनी यसैका कारण ट्रोलको शिकार भएकी छिन् । उनको पिन्क टिसर्ट र ह्वाइट जिम ड्रेसका केही फोटो र भिडियो भाइरल भइरहेको छ ।
यसैका कारण उनलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल बनाइएको छ । जिम अगाडिका यी भिडियो तथा फोटोमा मलाइकाको पेटमा स्ट्रेच मार्क्स देखिएको छ । यही कारण मलाइका सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी छिन् ।
‘कोही उनलाई बूढी महिला भनिरहेका छन्’ भने कोही पेटका कारण बुढी भएको देखिएको बताइरहेका छन् ।’ ट्रोलका भद्दा टिप्पणीले सारा सिमा नाघेको छ एक प्रयोगकर्ताले लेखेका छन् ‘यसअघि त स्ट्रेच माक्र्स कहिल्यै देखिएको थिएन ।’
मलाइका फ्यानहरुले मलाइकाको सपोर्टमा ट्रोल बनाउनेलाई कडा जवाफ फर्काएका छन् । उनीहरुले लेखेका छन्, ‘मलाइका ४० वर्षमा पनि शानदार दखिएकी छिन्, उनका मजाक उडाउने २० ३० वर्षकाहरुको फिटनेस आलु र अदुवा जस्तै हो ।’
प्रतिक्रिया दिनुहोस्