
काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार १ हजार २ सय ४५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुन तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ९१ हजार ६ सय र चाँदी मूल्य १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्