
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिक्रेट मैदान किर्तिपूरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनायो । आर्मीका लागि राजेश पुलामीेले अर्धशतकीय पारी खेले । उनले ९१ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले ६५ रन बनाए ।
यस्तै भीम सार्कीले ४०, विक्रम सोमले ३५, लोकेश बमले २३, सुसन भारी १६ र विनोद भण्डारीले १० रन बनाए । बलिङतर्फ बागमतीका तर्फबाट गौतम केसीले ह्याट्रिकसहित सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।
केही बेरमा बागमती प्रदेशले जवाफी ब्याटिङ गर्दैछ । आजको सेमिफाइनलमा जित्ने टिमले शनिबार उपाधिका लागि शसस्त्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधबार नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्